Logo

मुख्य समाचार

सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी



काठमाडौं । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने भएका छन् । 

आज (बिहीबार) दिउँसो ३ बजेबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट डा. केसीले सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् । 

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै केसीले सात बुँदे माग राख्दै सत्याग्रह बस्ने घोषण गरेका छन् । 

उनले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका हुन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ११ : ४० बजे