Logo

मनोरञ्जन

भुपेन्द्र भए नेपाल आइडल– ४ को विजेता



भैरहवा । नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन ।

उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएको ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वोत्कृष्ट भई उपाधि चुम्न सकेका हुन । थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पोन्सरबाट पुरस्कृत भएका छन ।

थापा टप पाँचमा परेपछि गत साता भैरहवा भोटको अपिलका लागि पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् ।
झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : ३९ बजे