Logo

धर्म / संस्कृति

आजकाे राशिफल



मेष
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। दिगो काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ।

वृष
ठूलो भागको आशा राख्दा प्रतिफल गुम्न सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। बिहीवार र शुक्रवार स्थिति अनुकूल बन्नेछ। विशेष उपहार तथा सुविधाका वस्तुहरू जुट्नेछन्।

मिथुन
बौद्धिक काम गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ भने रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ।

कर्कट
परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। पुरानो समस्या दोहोरिनाले उत्साहमा कमी आउनेछ। फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। खानपानमा सजग नहुँदा स्वास्थ्य कमजोर हुनेछ।

सिंह
व्यापार बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ। तारिफयोग्य कामले विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। आम्दानीका स्रोत जुट्नेछन्। भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ।

कन्या
सहयोगीहरूले समस्याको स्थितिबाट उकास्नेछन्। मिहिनेतले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनेछ।

तुला
अरूकै काममा समय बित्नेछ र अपजस पाइनेछ। टाढिएका साथीभाइ नजिकिनेछन् । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

बृश्चिक
आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले सताउन सक्छ। श्रमपूर्वक काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। बुधवारदेखि स्थितिमा केही सुधार आउनेछ र सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।\

धनु
अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बुधवारदेखि काम, दाम र स्वास्थ्यमा केही समस्या आउने सम्भावना देखिन्छ।

मकर
आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सकिनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। व्यवसायले रमाइलो यात्राको अवसर जुटाउनेछ।

कुम्भ
चुनौतीपूर्ण कामको जिम्मेवारी समेत एक्लै वहन गर्नुपर्ने हुन सक्छ। बुधवारदेखि स्थितिमा सुधार आउनाले कामका बाधाहरू हट्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन्।

मीन
तारिफयोग्य काम गर्दै नाम, दाम र प्रतिष्ठा कमाउन सकिनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। प्रारम्भ उत्साहपूर्ण देखिए पनि सोमवारदेखि समस्या देखापर्नेछन्। बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पर्नेछ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ६ : ०० बजे