Logo

विश्व

रुस–युक्रेन युद्धको आज २३ औँ दिन, अहिलेसम्म के भयो ?



एजेन्सी । युक्रेनमाथि रुसको हमलाको आज २३ औँ दिन हो । अहिलेसम्म के के भए भन्नेबारे संक्षिप्तमा जानकारी लिऔँ ।

– युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसको हमला सुरु भएदेखि करिब १४,२०० रुसी सैनिक मारिएका छन् ।

– युक्रेनको पश्चिमी शहर लविवमा पहिलो पटक रुसले हमला गरेको छ । यो हमला विमानस्थल नजिकै मेन्टेनेन्स प्लान्टमा भएको हो । लविवका मेयरका अनुसार रुसको मिसाइलले एयरक्राफ्ट रिपेयर प्लान्टमा हमला गरेको हो । हमलामा कोही पनि हताहत भएको खबर सार्वजनिक भएको छैन ।

– ब्रिटेनको प्रशारण नियामक अफकमले रुसी समर्थित ब्राडकास्टर रशिया टुडे ९आरटी० को प्रशारण लाइसेन्सलाई तत्काल प्रभावबाट रद्द गरिदिएको छ ।

– अमेरिका र बेलायतका रक्षा अधिकारीका अनुसार रुसी सेनाले हालै कुनै पनि नयाँ क्षेत्रमा कब्जा गरेको छैन । यी दुई देशका अनुसार रुसी सैनिकको मनोबल खस्किरहेको छ र सैन्य आपूर्ति बाधित भइरहेको छ ।

– युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिभमा गोलीबारी जारी छ । तर युक्रेनका सैनिक यथास्थानमा छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ४० बजे