मकवानपुर । करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ परेका छन् ।
मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्रबाट लागूऔषध गाँजा करिब १६५ किलोग्राम सहित २ जना सोमबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका हुन् ।
श्री सबुज गण प्रतापपुर सुरक्षा पोष्टबाट खटिएको नेपाली सेनाले उनीहरूलाई ११ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा सहित नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया