Logo

खेलकुद

पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  

फ्रान्सका किलियन एम्बाप्पेले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ७ : ३० बजे