काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज (शुक्रबार) परीक्षाफल प्रकाशन गरेको हो ।
बोर्डका अनुसार परीक्षार्थीको कुल संख्यामध्ये दुई लाख ६८ हजार १९० ले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
यस वर्ष परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी सहभागी थिए । कुल ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।









प्रतिक्रिया