Logo

Breaking News 1

नेपाल पत्रकार महासंघद्वारा विरोध प्रदर्शन (तस्बिरहरू)



नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारका मागहरूको सम्बोधन तथा सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘मिडिया विरोधी सरकारी नीति खारेज गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल सम्बोधन गर’, ‘निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर’ तथा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले बबरमहलस्थित सडक विभाग परिसर अगाडि विरोध प्रदर्शन गर्दै प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान गर्न सरकारसँग माग गरेका छन् । तस्बिरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १२ : २० बजे