काठमाडौं । पण्डित नबराज शारदा स्मृति समाजले तीन छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ।
पण्डित नबराज पौडेलको १०७ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गरिएको हो।
समाजका अध्यक्ष निर्मलराज पौडेलले प्रत्येक वर्ष दिवंगत व्यक्तित्वको स्मृतिमा कुनै न कुनै सामाजिक कार्य गर्दै आएको र यस वर्ष पनि छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । उनका अनुसार समाजले शिक्षा क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा योगी नरहरीनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शंकरराज पौडेलले समाजले गरिरहेको सामाजिक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
समाजले संस्कृत, कर्मकाण्ड, सामाजिक संस्कार तथा संस्कृतिको संरक्षण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
१८ जेष्ठ २०८३, सोमबार
161
Shares







प्रतिक्रिया