काठमाडौं । जेठ १५ गते आर्थिक बर्ष २०८३।०८४ को बजेट प्रस्तुतका क्रममा संघीय संसद भवनभित्र देखिएका स्वतन्त्र सांसद महावीर पुन: शनिबार अपरान्ह काठमाडौंको जोरपाटी चोकमा भेटिए ।
प्रतिनिधि सभा बैठक स्थगित भएका बेला संसद छुट्टीको सदुपयोग गर्दै महावीर आफ्नै किताब बेच्न व्यस्त देखिन्थे । आफ्नो आत्मकथा बिक्रीको अभियान चलाइरहेका उनको किताव किन्न वालवालिकादेखि वयस्कसम्मको भीड देखिन्थ्यो ।
मुसुमुसु हाँस्दै र बोल्दै कितावको प्रचार गरिरहेका उनले सांसद हुँदा र नहुँदा पनि आफूले किताब बेचिरहनुको पछाडि बाध्यता रहेको सुनाउने गरेका छन् ।
आफैं संस्थापक रहेको राष्ट्रिय आविस्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले साढे तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् ।









प्रतिक्रिया