काठमाडाैंकाे माइतीघर मण्डलामा जातिय छुवाछुत विरुद्धको अभियानले विरोध प्रदर्शन गरेकाे छ । जातीय छुवाछुत विरुद्धको अभियान अन्तर्गत ३५ दिनदेखि निरन्तर विरोध प्रदर्शन जारी छ ।

घरबेटीहरूले जातको आधारमा घर बहाल दिन अस्वीकार गर्दै विभेद गरेको भन्दै अभियानकर्ताहरूले ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘तिमी जात चिन्छौ कि मान्छे ?’ ‘जात सोधेर घर बहाल दिने तिम्रो कस्तो मानसिकता ?’ ‘तिम्रो चेतनाले मानव चिन्दैन र ?’ लेखेका प्लेकार्ड सहित विराेध गरेका छन् ।

अभियानले जातीय विभेद र छुवाछुत अन्त्य गर्दै समानता, मानवता र सम्मानको सुनिश्चितता गर्न माग गरेको छ। तस्विरहरू : दामाेदर सापकाेटा, नेपाल न्यूज बैंक










प्रतिक्रिया