Logo

मुख्य समाचार

नेपाल टेलिकमले “नयाँ वर्ष अफर २०८३” सार्वजनिक गर्‍यो



काठमाडौं। नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवाग्राहीका लागि “नयाँ वर्ष अफर २०८३” सार्वजनिक गरेको छ।

कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अफरअन्तर्गत “न्यू इयर लाइट” र “न्यू इयर प्रिमियम” गरी दुई प्रकारका प्याकेज उपलब्ध गराइएका छन्।

“न्यू इयर लाइट” प्याकेज रु. ४९९ मा उपलब्ध हुनेछ, जसअन्तर्गत दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ। दैनिक ५ जीबी सीमा पूरा भएपछि बाँकी अवधिभर २ एमबीपीएस स्पिडमा अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिनेछ।

त्यसैगरी “न्यू इयर प्रिमियम” प्याकेज रु. ६९९ मा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १० जीबी डाटा प्राप्त हुनेछ। दैनिक १० जीबी सीमा सकिएपछि बाँकी अवधिभर ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

दुवै प्याकेजको समयावधि ३० दिनको रहनेछ।

कम्पनीले यो अफर २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख २ गतेसम्म खरिद गर्न सकिने जनाएको छ। पोस्टपेड मोबाइल सेवाग्राहीका लागि प्याकेज शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिनेछ।

ग्राहकहरूले मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकमको एपमार्फत उक्त प्याकेज खरिद गर्न सक्नेछन्।

कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण सेवाग्राहीमा शुभकामना व्यक्त गरेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  २ : ३८ बजे