काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी वैशाख २ गते बस्ने भएको छ। बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिएका छन्।
बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यता सम्बन्धी विषय तथा पार्टीका समसामयिक मुद्दामा छलफल हुने जनाइएको छ। लामो समयदेखि संसदीय दलको नेता चयन हुन नसकेको विषयमा पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको छ।
यसैबीच, क्रियाशील सदस्यता खारेज गरिएको विषयलाई लिएर नेतृत्वमाथि चौतर्फी आलोचना भइरहेको छ। पार्टीका नेता तथा कार्यकर्ताले प्रमुख प्रतिपक्षी दल हुँदाहुँदै पनि दलको नेता चयन गर्न नसक्नु विडम्बनापूर्ण भएको टिप्पणी गर्दै आएका छन्।








प्रतिक्रिया