काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा हुँदै छ।
अस्पतालका सहायक प्रवक्ता कालीबहादुर रोस्याराका अनुसार आवश्यक सबै चिकित्सकीय परीक्षण रिपोर्ट प्राप्त भइसकेपछि शल्यक्रिया प्रक्रिया अघि बढाइएको हो। उनको शल्यक्रिया डा. पल्लेस्वाँ जोशी लाखेको नेतृत्वमा भइरहेको छ।
प्रवक्ता रोस्याराले जानकारी दिएअनुसार ओलीलाई शल्यक्रियाका लागि अपरेशन थियटरमा लगिसकिएको छ।
ओलीको पित्तथैलीमा २२ मिलिमिटरको पत्थरी रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई यसअघि अस्पतालमा भर्ना गरिएको थियो।








प्रतिक्रिया