Logo

समाचार

प्रहरी निरीक्षक राजु केसी खत्रीको सक्रियतामा लागूऔषध ओसारपसार नियन्त्रणमा सफलता



सिन्धुली । लागूऔषध ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले उल्लेखनीय सफलता हासिल गरेको छ ।
प्रहरी निरीक्षक राजु केसी खत्रीको कुशल नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा लागूऔषधसहित अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।
मिति २०८२÷१२÷२८ गते कमलामाई नगरपालिका–९, वीपी राजमार्ग अन्तर्गत भिमान–चेकपोष्ट क्षेत्रमा सवारी साधन चेकजाँच तीव्र पारिएको थियो ।
सोही क्रममा लागूऔषध खोजीका लागि प्रयोग गरिएको तालिमप्राप्त ‘ड्रग डिटेक्टर’ कुकुरको सहयोगमा यात्रुहरूको शंकास्पद सामान परीक्षण गर्दा लुकाइछिपाइ राखिएको लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, एक व्यक्तिबाट प्लास्टिकमा प्याक गरिएको करिब ३३.८०० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।
त्यस्तै, छुट्टै घटनामा उदित नारायण राय अमातको साथबाट करिब ०.५३० ग्राम र मोरङ बेलबारी नगरपालिका–१० निवासी ३७ वर्षीय पदम बहादुर जोगीको साथबाट १२.६०० ग्राम लागूऔषध जस्तो देखिने पदार्थ समेत बरामद गरिएको छ । घटनासम्बन्धी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक राजु केसी खत्रीको संयोजन र नेतृत्वमा गरिएको यस अपरेसनले सिन्धुली जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ३ : २७ बजे