काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगायत नेताविरुद्ध अपमानजनक तथा अश्लील शब्द प्रयोग गर्दै सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेको प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।
पाँचथर प्रहरी प्रमुख डीएसपी अनिश कर्ण का अनुसार साइबर ब्युरोसँगको समन्वयमा बिहीबार (चैत २६) साँझ पोखरेललाई पक्राउ गरिएको हो ।
पोखरेलले आफ्नो युट्युब च्यानलमार्फत प्रधानमन्त्रीसहित विभिन्न नेताहरूमाथि गालीगलौज र अश्लील शब्द प्रयोग गर्दै सामग्री प्रसारण गरेको आरोप लागेको छ । उनीविरुद्धको मुद्दा पाँचथरमै दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
२९ चैत्र २०८२, आइतबार
115
Shares








प्रतिक्रिया