Logo

राजनीति

उपसभामुखको शपथ आज साँझ ६ बजे, दिउँसो ४ बजे निर्वाचन


२७ चैत्र २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाले आज (शुक्रबार, चैत २७) उपसभामुख चयन गर्ने भएको छ । संसद् सचिवालयका अनुसार दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुखको निर्वाचन हुनेछ ।
निर्वाचन सम्पन्न भएपछि आजै साँझ ६ बजे राष्ट्रपति कार्यालयमा नवनिर्वाचित उपसभामुखलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।
उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर प्रमुख दाबेदारका रूपमा अघि बढेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन पाएपछि उनको जित लगभग सुनिश्चित मानिएको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामा पनि उपसभामुख पदका लागि उम्मेदवार बनेकी छन् ।
आजको बैठकले नयाँ उपसभामुख चयनसँगै प्रतिनिधिसभाको नेतृत्व संरचनालाई पूर्णता दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ३ : ०६ बजे