Logo

राजनीति

सांसद रोकायाको हवाई भाडा नियन्त्रण गर्न माग



काठमाडौं। नेपाली कांग्रेसका सांसद जयपति रोकायाले हुम्ला लगायत हिमाली क्षेत्रका विकट जिल्लाहरुमा कच्चि सडक भर्खरै पुगेकोले नागरिक हवाई यातायातमा निर्भर रहेको भन्दै हवाई भाडा नियन्त्रण गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै हुम्लाका सांसद रोकायाले हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको बताएका हुन् ।

उनले भने, ‘मेरो क्षेत्र हुम्ला लगायत हिमाली क्षेत्रका नागरिकहरुले भोग्दै आएका गम्भिर समस्याहरु तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । हुम्ला जस्तो विकट जिल्लामा डरलाग्दो कच्चि सडक भर्खर निर्माण भएकाले नागरिक हवाई यातायातमा निर्भर रहन बाध्य भएका छन् तर दर्भाग्यवस हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको छ ।’

यस्तै उनले हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको भन्दै यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको बताए ।

‘हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको छ जसले गर्दा धेरै नागरिक यात्रा गर्न समेत असमर्थ भएका छन् । यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको छ । म सरकारसँग हवाई इन्धनमा कर छुट आवश्यकता उडानमा अनुदान थप हवाई भाडा नियन्त्रण गनउ माग गर्दछु,’ उनले भने ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : ०७ बजे