Logo

राजनीति

राजदूतहरूसँगको भेटमा प्रधानमन्त्री शाहद्वारा नेपालको अवस्थाबारे जानकारी



काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। भेटवार्ता बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको हो।

भेटमा सहभागी डेढ दर्जनभन्दा बढी देशका कूटनीतिक नियोगका प्रमुखहरूलाई प्रधानमन्त्री शाहले नेपालको पछिल्लो राजनीतिक तथा समग्र अवस्थाबारे जानकारी गराएका छन्।

प्रधानमन्त्री शाहले नेपालको वर्तमान परिस्थिति, सरकारका प्राथमिकता तथा आगामी योजनाबारे राजदूतहरूलाई अवगत गराउँदै सहकार्य र पारस्परिक सम्बन्ध सुदृढ बनाउन जोड दिएका थिए।

भेटवार्ता औपचारिक रूपमा सम्पन्न भएको र आपसी समझदारी तथा संवादलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : ३७ बजे