Logo

Breaking News 1

रवि लामिछानेलाई किन भेटे ज्ञानेन्द्र शाहीले ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भेटेका छन् ।

शनिबार बिहान लामिछानेलाई भेट्न शाही काठमाडौंको बूढानीलकण्ठस्थित उनको निवास पुगेका थिए ।

करिब एक घण्टा भएको भेटवार्तामा संसदीय राजनीति, प्रतिनिधिसभाको उपसभामुख पदका निम्ति सम्भावित सहकार्यलगायत विषयमा छलफल भएको शाहीले जनाएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  २ : २६ बजे