काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनका लागि निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा अध्यक्ष पदकालागि उम्मेदवारी दिएका डा.सञ्जीव तिवारीले निर्वाचनको मिति चाँडै घोषणा गर्ने निर्वाचन समितिको तयारी रहेको जानकारी दिए ।
उनको अनुसार समितिले यही बुधबार सर्वपक्षीय बैठक बोलाएको छ । उक्त बैठकमा निर्वाचन मिति घोषणाबारे छलफल र निर्णय हुनेछ ।
उनले भने,‘निर्वाचन समित बसेर हिजो सर्वपक्षीय भेला बोलाएको छन् । अब आउने बुधबार सर्वपक्षीय भेला गरेर निर्वाचनको मिति कहिलेका लागि तय गर्ने भन्ने छलफल हुन्छ र उहाँहरुले हामीलाई एउटा खाका दिनुहुन्छ । त्यसअनुसार नै निर्णय गर्नुहन्छ होला ।’
त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार डा.बद्री रिजालले पनि चुनावको लागि छलफल भइरहेको बताउँदै चाँडै मिति घोषणा गर्ने जानकारी दिए ।
‘चुनावको लागि छलफल भइरहेको छ । सायद अब २–४ दिनमा निर्णय हुन्छ । होला अनि चुनावको मिति पनि घोषणा हुन्छ’उनले भने ।
यसअघि पहिलो चरणमा माघ २ र ३ माघ उपत्यका बाहिर चुनाव तोकिएको थियो । यस्तै उपत्यकाभित्र १५, १६ र १७ माघमा हुने कार्यतालिका थियो ।
तर संघको निर्वाचन सम्बन्धमा पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित तालिकाअनुसार भइरहेको सम्पूर्ण निर्वाचन कार्यक्रम रोकिएको थियो ।
नेपाल चिकित्सक संघको केन्द्रीय निर्वाचनका साथै विभिन्न तहका नेतृत्व चयनका लागि प्रक्रिया अघि बढिरहेको अवस्थामा अदालतको आदेशपछि निर्वाचन अनिश्चित बनेको हो ।
१ चैत्र २०८२, आइतबार
253
Shares








प्रतिक्रिया