Logo

राजनीति

नेपाली कांग्रेसले सह–सचिव मगर सचिवमा नियुक्त


२९ फाल्गुन २०८२, शुक्रबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज सम्पन्न भएको छ ।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले विभिन्न निर्णय गरेको मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकले केन्द्रीय अनुशासन समितिमा प्राप्त भएका अनुशासन उल्लंघनसम्बन्धी उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ।

यसैगरी, केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा ९.१ बमोजिम केन्द्रीय कार्यालयका सह–सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ७ : ४२ बजे