Logo

समाचार

रास्वपा सभापति रवि लामिछाने बिरामी, निवासमै आराम


२८ फाल्गुन २०८२, बिहिबार  

138
Shares

काठमाडौं । रवि लामिछाने बिरामी परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेलाई भाइरल ज्वरो आएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार अत्यधिक दौडधुप र कामको दबाबका कारण लामिछानेलाई भाइरल ज्वरो आएको हो। उनका अनुसार लामिछाने हाल अस्पताल भर्ना भएका छैनन्।
उनी काठमाडौंको बूढानीलकण्ठस्थित निवासमै आराम गरिरहेका छन्। साथै, लामिछानेको पुरानो खुट्टाको घाउ भने निको हुँदै गएको आचार्यले बताएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  २ : ११ बजे