Logo

समाचार

नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ


२८ फाल्गुन २०८२, बिहिबार  

69
Shares

काठमाडौं । स्याङ्जामा नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले जिल्ला पुतली बजार नगरपालिका-१४ सातौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछानेलाई बुधबार पक्राउ गरेको हो ।

उनललाई प्रहरीले पुतली बजार नगरपालिका-१ प्रतिनगरबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा २२ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई पुतली बजार नगरपालिका-१ प्रतिनगरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  १२ : ५७ बजे