Logo

समाचार

इन्द्रायणी घाटमा नेपालभाषा टाइम्सका पूर्वसम्पादक मानन्धरको अन्तेष्टि


२७ फाल्गुन २०८२, बुधबार  

69
Shares

काठमाडौै । भाषा आयोगका सदस्य एवंं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको पार्थिक शरिरलाई इन्द्रायणी (लुती) घाटमा अन्तेष्टि गरिएको छ ।

५९ वर्षीय मानन्धरको हृदयाघातका कारण मृत्यु भएको थियो । नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गरेका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गरेका थिए ।

सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहेका मानन्धरले अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर पनि काम गरेका थिए ।

२०४६ सालको जनआन्दोलनको समयमा वीर अस्पतालमा भर्ना भएका गणेशमान सिंहसँग लिएको अन्तर्वार्ताले चर्चित मानन्धर भएका थिए ।

नेपाल भाषा आन्दोलन, नेपाल सम्बत् आन्दोलन तथा नेवाः संस्कृतिसँग सम्बन्धित विभिन्न विषयमा मानन्धरका थुप्रै लेख प्रकाशित छन् । २०२३ साल कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई सन्तान छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ४ : ११ बजे