Logo

निर्वाचन विशेष

निर्वाचन आयोगमा ४३ दलले मात्र बुझाए घोषणापत्र


१५ फाल्गुन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । निर्वाचन आयोगमा हालसम्म ४३ राजनीतिक दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन्। आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका अनुसार तोकिएको समयसीमाभित्र सीमित संख्यामा दलले मात्रै घोषणापत्र दर्ता गराएका हुन्।
घोषणापत्र बुझाउने दलहरूमा राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी, समावेशी समाजवादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नागरिक उन्मुक्ति पार्टी, त्रिमूल नेपाल, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेशनलगायत छन्।
यस्तै, नेपाल जनता पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेशनल रिपब्लिक नेपाल तथा एकल चुनाव चिह्न ‘बस’ भएका दलले पनि घोषणापत्र दर्ता गराएका छन्।
त्यसैगरी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमुक्ति पार्टी, उज्यालो नेपाल पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनादेश पार्टी नेपाल, जय मातृभूमि पार्टी र नेपालका लागि नेपाली पार्टीले पनि घोषणापत्र बुझाएका छन्।
नेपाल मातृभूमि पार्टी, जनता समाजवादी पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाली श्रमदान संस्कृति पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनमत पार्टी, मितेरी पार्टी नेपाल, सार्वभौम नागरिक पार्टी, पिपुल फस्ट पार्टी, नेपाली जनता दल, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले समेत घोषणापत्र आयोगमा दर्ता गराएका छन्।
यता, नेकपा एमालेसहित केही दलले भने घोषणापत्र सार्वजनिक गरे पनि आयोगमा औपचारिक रूपमा बुझाएका छैनन्।
आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन दलहरूलाई निर्देशन दिएको थियो। फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसार सुरु भइसकेको छ।
निर्वाचन आचारसंहिताको दफा ३७ मा दल तथा उम्मेदवारले घोषणापत्र आयोगमा बुझाउनुपर्ने व्यवस्था छ। साथै, उक्त विवरण प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ६१ चुनाव चिह्नबाट ६५ दल प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ६६ दल सहभागी छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  २ : १७ बजे