Logo

Breaking News 1

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


१५ फाल्गुन २०८२, शुक्रबार  

92
Shares

काठमाडौं । नेपाली बजारमा आज साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५०० ले घटेर ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य ३ लाख १५ हजार ४ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीका मूल्य तोलामा ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ११ : ५६ बजे