काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रतिनिधिसभा निर्वाचनका विषयमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने अधिकार नागरिकको मौलिक अधिकार भएको उल्लेख गरे । नागरिक अधिकारको सम्मान गर्न सरकारको सम्पूर्ण संयन्त्र परिचालन गर्नु उसको कर्तव्य रहेको उनले बताए ।
उनले भने, ‘भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने अधिकार नागरिकको छ । नागरिक अधिकारको सम्मान गर्नको लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गर्नु उसको कर्तव्य हो । सरकारको वैधताको स्रोत नागरिकहरुको मत हो । त्यो भन्दा भिन्न अवस्थाको कल्पना गर्न सकिँदैन ।’
प्रवक्ता चालिसेले सरकारको वैधताको स्रोत नागरिकको मत नै भएको स्पष्ट पार्दै त्यसभन्दा भिन्न अवस्थाको कल्पना गर्न नसकिने धारणा व्यक्त गरे ।
संविधान अन्तर्गत नागरिकहरूले प्रदत्त अधिकार प्रयोग गर्न पाउनु उनीहरूको हक भएको उल्लेख गर्दै उनले ती अधिकारले नागरिकको मत, सार्वभौम सत्ता र सोही सत्तामार्फत सरकार निर्माण हुने प्रक्रियामा कुनै असर पार्न नसक्ने बताए ।
कांग्रेसले निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सम्बन्धित निकायहरू जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिएको छ ।
१४ फाल्गुन २०८२, बिहिबार
92
Shares








प्रतिक्रिया