Logo

मुख्य समाचार

घरदैलोमा ईश्वर पोखरेल : राष्ट्रिय मुद्दालाई प्राथमिकता दिने उद्घोष


१२ फाल्गुन २०८२, मंगलबार  

138
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । घरदैलोका क्रममा उनले आफ्ना योजनाहरु पनि मतदातालाई सुनाइरहेका छन् ।

मंगलबार आफ्नै निर्वाचन क्षेत्र बालुवाटारमा भेटिएका उनले आगामी राजनीतिक योजना र प्राथमिकताहरु नेपाल न्यूज बैंकसँग साझा गरेका छन् ।
उनले आफू निर्वाचित भएपछि राष्ट्रिय स्तरका एजेण्डाहरुलाई अगाडि बढाउनुका साथै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका कामलाई सँगसँगै अगाडि बढाउने बताए ।

‘निर्वाचित भएर गइसकेपछि राष्ट्रिय स्तरका एजेण्डाहरुलाई अगाडी बढाउन भूमिका खेल्नेछु । निर्वाचन क्षेत्रभित्रका विकास निर्माणका कामलाई निरन्तरता दिनेछु । देशको सार्वभौमिकता, अखण्डता, स्वाधिनता, स्वतन्त्रता र अभिमानको पक्षमा उभिने छु । जातीय सद्भावलाई कायम राख्ने र जनतालाई सेवा प्रवाह गर्ने कार्यसूचीमा केन्द्रित रहेर अघि बढ्ने छौ,’ उनले भने ।

उनले निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास निर्माणका योजना पनि प्रस्तुत गरे । पोखरेलले जनसम्पर्कको महत्त्वलाई पनि जोड दिँदै घरदैलो कार्यक्रमको माध्यमबाट आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी लागेको सुनाए ।

उनका अनुसार, राष्ट्रिय स्तरका एजेण्डाहरुमा देशको हित र सार्वभौमिकता सुनिश्चित गर्ने निर्णयहरुमा सधैं सक्रिय भूमिका रहनेछ भने स्थानीय विकासका कार्यहरुमा पनि निरन्तर निगरानी र पहल गर्ने पनि दोहोर्याए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : १३ बजे