मेष राशि
परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगको नाममा झुक्याउनेहरूले दुस्ख दिनेछन्। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।
बृष राशि
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।
मिथुन राशि
केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ। सोख र भौतिक साधनले खर्च बढाउन सक्छ। अरूको मुख ताक्नाले पछि परिनेछ।
कर्कट राशि
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह राशि
अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। व्याहारिक समस्याले योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ।
कन्या राशि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। अरूको फाइदाका लागि उपयोग भइनेछ, परिस्थिति आफ्ना लागि भने प्रतिकूल रहनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
तुला राशि
आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ।
बृश्चिक राशि
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
धनु राशि
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ।
मकर राशि
बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला। सरसापट तथा किनमेलमा रकम बाहिरिन सक्छ।
कुम्भ राशि
पेसा–व्यवसायमा मनग्य फाइदा उठाउने समय छ। व्यापार बढ्नेछ, रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्न सक्छ। विशेष भेटघाटले नयाँ कामको अवसर दिलाउन सक्छ।
मीन राशि
विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद(प्रतिष्ठा प्राप्त गर्ने बेला छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारिफ गर्नेछन्।










प्रतिक्रिया