Logo

समाचार

कांग्रेसद्वारा ग्याल्पो ल्होसारको शुभकामना



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालले ग्याल्पो ल्होसारको शुभकामना दिएका छन् ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै सभापति थापाले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश रहेको बताएका हुन् ।

उनले सांस्कृतिक धरोहरमध्ये हिमाली क्षेत्रका आदिवासी शेर्पा लगायत विभिन्न समुदायले हर्षोल्लास, उत्साह र श्रद्धाका साथ मनाउने पर्व रहेको बताए ।

उनले नयाँ वर्षको सुरुवात मात्र होइन, पुराना तीतामिठा अनुभवलाई विदाई गर्दै नयाँ आशा, नयाँ उमंग र नयाँ संकल्पसहित अघि बढाउने पर्व रहेको बताए

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  १ : १२ बजे