Logo

मुख्य समाचार

सनातन समाज अष्ट्रेलियाद्वारा महाशिवरात्रि भव्य रूपमा सम्पन्न



काठमाडौं। अष्ट्रेलियामा क्रियाशील सनातन समाज अष्ट्रेलियाले यस वर्ष पनि नेपाली परम्परा अनुसार महाशिवरात्रि पर्व भव्य रूपमा मनाएको छ। कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले भगवान शिवको पूजा–आराधना गर्दै आशीर्वाद ग्रहण गरेका थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। ACT राज्यका बहुसांस्कृतिक मन्त्री Chris Steel ले नेपाली समुदायले निकट भविष्यमा आफ्नै मन्दिरमा शिवरात्रि मनाउन सक्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, Embassy of Nepal, Canberra का राजदूतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। साथै, विपक्षी दलका Shadow Minister for Multicultural Affairs ले नेपाली समुदायका लागि मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपाली समुदायले छिट्टै आफ्नै मन्दिर निर्माण भई आगामी वर्षहरूमा शिवरात्रि लगायत अन्य धार्मिक कार्यक्रमहरू आफ्नै मन्दिरमा आयोजना गर्न सकिने अपेक्षा व्यक्त गरेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : ३२ बजे