आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा निर्वाचन सुरक्षाका लागि खटिने प्रहरीको नाम दर्ता प्रक्रिया जारी छ ।

निर्वाचन सुरक्षासम्बन्धी तालिमका लागि यहाँ कुल २ सय ४२ जना प्रहरी सहभागी भएका छन्। सहभागीमध्ये १ सय ९२ जना पुरुष र ५० जना महिला प्रहरी रहेका छन्।

तालिम सम्पन्न भएपछि आवश्यकताअनुसार उनीहरूलाई विभिन्न मतदान केन्द्र तथा सुरक्षा संवेदनशील क्षेत्रहरूमा परिचालन गरिनेछ। तस्विर : तेजेन खड्का, नेपाल न्यूज बैंक











प्रतिक्रिया