Logo

अर्थ

सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाकै तीन लाख ३९ हजार पुग्यो



काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो । हो इतिहासकै उच्च मूल्य हो ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै ,चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भैइरहेको छ । बुधबार ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ११ : २७ बजे