मेष राशि
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
बृष राशि
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
मिथुन राशि
खर्चिलो कामले अर्थ अभावको स्थिति रहनेछ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला।
कर्कट राशि
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
सिंह राशि
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला।
कन्या राशि
सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
तुला राशि
स्वास्थ्य कमजोर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ।
बृश्चिक राशि
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ।
धनु राशि
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मकर राशि
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ।
कुम्भ राशि
मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। चुनौतीपूर्ण विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ र समस्यासँग जुध्नुपर्नेछ। सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्।
मीन राशि
दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा सामान्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।











प्रतिक्रिया