Logo

कला/साहित्य

निर्दोष जीवनले ‘प्रेमको सुगन्ध’ ल्याउने



काठमाडौं । लेखक निर्दोष जीवनको नयाँ कृति ‘प्रेमको सुगन्ध’ आउने भएको छ ।
गजल मञ्च चितवनको प्रकाशनमा २०० वटा मुक्तक समेटिएको कृति आउन लागेको हो ।
गीत र मुक्तकबाट साहित्य लेखन सुरु गरेका निर्दोष जीवनको ‘आशीर्वाद’ (गीत, मुक्तक र हाइकूसङ्ग्रह) पहिलो कृति हो । त्यो बाहेक ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोष्टाल्जिया’ गरी ९ वटा कृति प्रकाशित भैसकेका छन् ।
गजल मञ्च चितवनले लेखक जीवनलाई नयाँ कृतिको सफलताका लागि शुभकामना तथा बधाई दिएका छन् । साथै प्रकाशनको जिम्मेवारी दिएकोमा धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ७ : २३ बजे