मेष राशि
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
बृष राशि
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ।
मिथुन राशि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्।
कर्कट राशि
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायमा लगानी गर्दा पनि मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ।
सिंह राशि
बेलामा सगज नहुँदा थालेको काम रोकिन सक्छ। कमजोर नतिजा सच्याउन कुनै काम दोहोर्याउनुपर्ला। धेरै समय अरूका काममा अलमल हुनेछ। मध्याह्नदेखि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कन्या राशि
बेलामा होस नपुर्याउँदा समस्या पर्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। आफ्ना कमजोरी भरसक नदर्साउनु होला।
तुला राशि
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। नयाँ व्यवसाय थालनी हुनेछ। मनोरञ्जनको समय छ।
बृश्चिक राशि
पहिलेको सफलताले हौसला जगाउनेछ र आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ। पछिका लागि समेत विशेष काममा जग बसाउने मौका छ।
धनु राशि
अस्वस्थताले केही बाधा पुर्याउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। केही काम रोकिए पनि गुरुजनको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
मकर राशि
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
कुम्भ राशि
विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ। सफलताले काममा पनि उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्।
मीन राशि
विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ। सफलताले काममा पनि उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्।











प्रतिक्रिया