Logo

कला/साहित्य

‘आर्ट फर पिस’ त्रिदेशीय अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा जारी



काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको संयुक्त आयोजनामा ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा जारी छ ।
माघ ४ गते आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनी माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका कलाकारहरूले आफ्ना देशको संस्कृति, समाज र जीवनअनुभूतिको प्रतिबिम्ब झल्किने विविध कलाकृति प्रस्तुत गरेका छन् ।
कलामार्फत शान्ति, मानवता र विश्वव्यापी मित्रताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस प्रदर्शनीमा तीनै देशका करिब १०० जना युवा तथा अग्रज कलाकारका चित्रकला तथा अन्य दृश्य कलाकृतिहरू समावेश छन् । आयोजकका अनुसार यस्ता अन्तर्राष्ट्रिय कला प्रदर्शनीले कलाकारहरूबीच अनुभव आदान–प्रदानसँगै सांस्कृतिक समझदारी र आपसी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : २१ बजे