काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उम्मेदवारी दर्ताका लागि गृहजिल्ला झापा पुगेका छन्। भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले देशमा अझै निर्वाचनको अनुकूल वातावरण नबनेको बताएका छन्।
उनले मतदातामाथि डर र धम्की रहेको तथा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको कारण निष्पक्ष चुनावी माहोल तयार हुन नसकेको दाबी गरे। “मतदाताहरूमा त्रास छ, धम्कीको अवस्था छ र सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ,” ओलीले भने।
जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएपछि ओलीले पदबाट राजीनामा दिएका थिए। सो क्रममा उनलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको थियो। जेनजी आन्दोलन जाँचबुझ आयोगको स्थानहद सीमित भएपछि उनी काठमाडौंमै सीमित थिए। स्थानहद फुकुवा भएपछि उनी पहिलोपटक झापा पुगेका हुन्।
ओली झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। यसअघि बस्दै आएको घरमा आगजनी भएपछि उनी होटलमा बस्ने बताइएको छ।











प्रतिक्रिया