काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीको नाम र चुनाव चिह्न सम्बन्धी निर्णयलाई लिएर निर्वाचन आयोगलाई कडा चेतावनी दिएको छ। आयोगले पार्टीको नाम र चुनाव चिह्न गगन थापा समूहलाई दिए देशव्यापी आन्दोलनमा जान बाध्य हुने देउवा समूहले जनाएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको अधिकारमा हस्तक्षेप भए आन्दोलन बाहेक अर्को विकल्प नरहने बताए। “हाम्रो पार्टीको नाम र चुनाव चिह्नमा तलमाथि भयो भने देशव्यापी आन्दोलनमा जानुको विकल्प छैन,” उनले भने।
उनका अनुसार आन्दोलन वडा तहसम्म विस्तार हुन सक्नेछ। “हामी वडा तहसम्म आन्दोलनमा उत्रिन नपरोस् भन्ने चाहन्छौं,” खड्काले भने, “तर बाध्य पारिए त्यसैअनुसार कदम चालिन्छ।”
देउवा समूहले निर्वाचन आयोगलाई निष्पक्ष, कानुनसम्मत र तथ्यका आधारमा निर्णय गर्न आग्रह गरेको छ।











प्रतिक्रिया