काठमाडौं। काठमाडौंको टुँडिखेलमा बिहीबार मनाइने माघे संक्रान्ति विशेष कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ। आदिवासी जनजाति समुदायहरूको महत्वपूर्ण चाड माघीलाई भव्य रूपमा मनाउन थारु र मगर समुदायले विशेष तयारी गरेका हुन् । कार्यक्रमस्थलमा परम्परागत सजावट, मञ्च निर्माण तथा सांस्कृतिक प्रस्तुतिका अभ्यासहरू भइरहेका छन् । माघे संक्रान्तिका अवसरमा थारु र मगर समुदायले आफ्ना मौलिक नृत्य, भेषभूषा, गीत–संगीत र परम्परागत खानाका परिकारहरू प्रस्तुत गर्ने तयारी गरेका छन् ।




















प्रतिक्रिया