Logo

धर्म / संस्कृति

११ औं खिचरा महोत्सव–२०८२ चितवनमा सुरू



काठमाडौं । थारू कला संस्कृति संरक्षण गर्न मंगलबारदेखि चितवनको खैरहनीमा ‘११औं खिचरा महोत्सव–२०८२’ सुरू भएको छ ।
खैरहनी नगरपालिका वडा नं. ५ को गौचरनमा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको महोत्सव माघ १० गतेसम्म चल्ने छ । चितवनका थारू समुदायले खिचरा पर्वलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन् ।
थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न संघ÷संस्थाका स्टल रहेको छ ।
यस्तै महोत्सव परिसरमा थारू कलासंस्कृति झल्किने आर्ट ग्यालरी समेत निर्माण गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ३९ बजे