Logo

खेलकुद

बकैया कप २०८२ को दोस्रो दिन महिला खेल सम्पन्न



हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित ७ औँ बकैया कप २०८२ अन्तर्गत आज दोस्रो दिन महिला तर्फको खेल सम्पन्न भएको छ । आज बिहान वडा नं–३ र वडा नं–४ बीच प्रतिस्पर्धा भएको थियो ।
खेलको पहिलो हाफमा वडा नं–३ की खेलाडी रेनुका बलले उत्कृष्ट प्रदर्शन गर्दै १ गोल गरिन् र आफ्नो टिमलाई अग्रता दिलाइन् । दोस्रो हाफमा पुनः वडा नं–३ की सबिना भोम्जनले गोल गर्दै टोलीको अग्रता २–० मा पु¥याइन् । अन्ततः खेल वडा नं–३ ले २–० को जित हात पार्न सफल भयो ।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रेनुका बल लाई ‘म्यान अफ दी म्याच’ घोषित गरिएको छ । ७ औँ बकैया कपले स्थानीय खेलकुद विकाससँगै खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : ०३ बजे