काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दस्तुर तोकिएको छ। निर्वाचन समितिका अनुसार पार्टी सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
त्यसैगरी केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया व्यवस्थित गर्न उक्त शुल्क निर्धारण गरिएको स्पष्ट गरेको छ।











प्रतिक्रिया