Logo

समाचार

महेश बर्तौलाद्वारा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली



काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।

फेसबुक स्टाटस लेख्दै उनले दिल्लीमा भएको तामाङको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै दिवंगत कलाकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । तामाङको निधनपछि विभिन्न सञ्चारमाध्यम, कलाकार तथा संगीतप्रेमीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  २ : ०२ बजे