Logo

समाचार

बीमा दोकान ८ औँ वर्षमा प्रवेस ! Partner Program सार्वजनिक, प्रमोटरलाई अतिरिक्त आम्दानीको अवसर



काठमाडौं। डिजिटल र भौतिक माध्यमबाट बीमा सेवा प्रदान गर्दै आएको अग्रणी प्लेटफर्म बीमा दोकान ले आफ्नो ७ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । उक्त अवसरमा कम्पनीले नयाँ Partner Program सार्वजनिक गरेको छ। Partner Program योजना मार्फत इच्छुक व्यक्तिहरू प्रमोटर बनेर कम समय र कम प्रयासमा अतिरिक्त आम्दानी गर्न सक्नेछन्।बीमा दोकानले बीमा कम्पनीहरू र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै डिजिटल र भौतिक माध्यमबाट विभिन्न बीमा कम्पनीका पोलिसीहरू लिनको लागि मध्यस्थता गर्ने बीमा एग्रिगेटरको रूपमा स्थापित कम्पनी हो। यसको स्थापना २०७५ पौष १८ मा भएको थियो र नेपाल बीमा प्राधिकरणबाट कानुनी मान्यता प्राप्त छ। कम्पनीले ग्राहक र प्रमोटर दुवैलाई सहज, पारदर्शी र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ।
Partner Program अन्तर्गत प्रमोटरहरूले जीवन र निर्जीवन बीमा कम्पनीका सबै पोलिसीहरू एउटै ठाँउबाट सजिलै किन्न र बेच्न सक्नेछन्। बिक्री गरिएको पोलिसीबाट प्राप्त कमिसन सजिलै Withdraw गर्न सकिने व्यवस्था छ र कुनै Policy Target पूरा गर्नु अनिवार्य छैन। यस कार्यक्रमले आम्दानीलाई Compounding गरेर बढाउने सुविधा प्रदान गर्छ र काम डिजिटल र भौतिक दुवै माध्यमबाट गर्न सकिन्छ। साथै, दैनिक किस्ता (EDI) र मासिक किस्ता (EMI) सुविधा सहित बीमा सेवा प्रदान गर्न सकिने व्यवस्था पनि गरिएको छ।
कम्पनीले प्रमोटरहरूलाई कुनै लगानी नगरी Self-Employed बन्ने अवसर दिएको छ। स्वयं र आफ्ना टीमका सदस्यहरूसम्म तीन तहसम्मको आम्दानी लिन सकिने सुविधा छ। License Renew को झन्झट नहुने, एक पटकको Team Business बाट १० वर्षसम्म Passive Income लिन सकिने, र कम समय र कम प्रयासमा राम्रो आम्दानी सम्भव हुने कम्पनीले जनाएको छ।
कम्पनीको मिसन बीमालाई “गाँस, बास र कपास” पछिको अत्यावश्यक आवश्यकताको रूपमा परिचित गराउनु हो भने भिजन प्रत्येक व्यक्तिले कम्तीमा एक बीमा पोलिसीको अवधारणा अपनाउनु रहेको छ। बीमा दोकानले ग्राहकको आवश्यकता अनुसार आर्थिक सुरक्षा सुनिश्चित गर्न सानो पैसाबाट पनि ठुलो बीमा सुरक्षा लिन मद्दत गर्ने जनाएको छ।
७ औँ वार्षिकोत्सवको अवसरमा बीमा दोकानले सम्पूर्ण ग्राहक, प्रमोटर र सहयात्रीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीले इच्छुक व्यक्तिहरूलाई Partner Program मार्फत डिजिटल बीमा व्यवसायमा संलग्न हुन समेत प्रोत्साहित गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ८ : १८ बजे