काठमाडौं । नेपाली कांग्रेसले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका हाललाई स्थगित गरिएको र विशेष महाधिवेशनको प्रक्रियातर्फ पार्टी अघि बढेको स्पष्ट पारेका हुन् ।
विज्ञप्तिअनुसार, नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी सूचनामार्फत् नै स्थगित गरिएको छ । पार्टीको आन्तरिक आवश्यकता र समसामयिक राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै विशेष महाधिवेशन आयोजना गर्ने निर्णयमा पुगेको महामन्त्रीद्वयले जनाएका छन् ।
महामन्त्रीद्वयले पार्टीभित्रको संगठनात्मक सुदृढीकरण, नीति–दिशा स्पष्टता र राजनीतिक रणनीतिलाई थप प्रभावकारी बनाउने उद्देश्यले विशेष महाधिवेशन आवश्यक ठानिएको बताएका छन् । विशेष महाधिवेशनको मिति, कार्यसूची र प्रक्रिया भने आगामी बैठकमार्फत् तय गरिने जनाइएको छ ।
नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत् पार्टीका महत्वपूर्ण संरचनात्मक तथा नीतिगत विषयमा निर्णय लिने तयारी गरेको बताइएको छ ।
१७ पुस २०८२, बिहिबार
0
Shares









प्रतिक्रिया