Logo

समाचार

रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित



काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का सहअध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्य जनता समाजवादी पार्टी नेपालमा समाहित भएका छन्।

जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दलबीच एकता भएको जानकारी दिएका छन्। विज्ञप्तिअनुसार पूर्वमन्त्रीसमेत रहेकी रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित भएका हुन्।

पार्टी एकतासँगै जसपा नेपालको संगठनात्मक संरचना थप बलियो बनेको दाबी गरिएको छ। एकतापछि आगामी राजनीतिक गतिविधि र कार्यदिशाबारे आवश्यक निर्णय क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  १ : १७ बजे