काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच शुक्रबार सहमति हुने भनिए पनि सहमति हुन सकेन ।
दुवै पक्षबीच आजै एकता प्रक्रिया टुंग्याउने तयारी रहे पनि सहमति भोलिसम्मका लागि सारिएको हो । रास्वपाका नेता शिशिर खनालका अनुसार आज हुने भनिएको सहमति भोलि थप छलफलपछि मात्र हुने भएको छ ।
यसअघि रवि र बालेनबीच चरणबद्ध रूपमा काठमाडौंको कमलपोखरीस्थित रास्वपा केन्द्रीय सदस्य असिम शाहको म्युजिक कम्पनी तथा ललितपुरको ज्वागलस्थित बालेनका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको निवासमा वार्ता भएको थियो ।
दुवै पक्षका वार्ता टोलीले सहमतिको खाका तयार पारिसकेको जनाइएको छ । आज सहमति सार्वजनिक गर्ने तयारी भए पनि अन्तिम छलफल आवश्यक परेपछि निर्णय भोलिलाई सारिएको नेताहरूले बताएका छन् ।
११ पुस २०८२, शुक्रबार
0
Shares









प्रतिक्रिया