Logo

राजनीति

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता : सभापति देउवा



काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको पहिलो प्राथमिकता आमनिर्वाचन रहेको बताएका छन्। उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने निर्णय पार्टीले गरिसकेको र त्यसअनुसार तयारी अघि बढिसकेको स्पष्ट पारे।
आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आफ्नै निवासमा भएको भेटमा सभापति देउवाले कांग्रेस निर्वाचन प्रक्रियामा पूर्ण रूपमा सहभागी हुने बताए। उनले निर्वाचनलाई लोकतन्त्रको आधारस्तम्भको रूपमा उल्लेख गर्दै पार्टी त्यसैमा केन्द्रित रहेको जनाए।
भेटका क्रममा सभापति देउवाले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै आवश्यक वातावरण निर्माण गर्न सुझाव दिएको राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले जानकारी दिए।
सरकार र प्रमुख राजनीतिक दलबीच निर्वाचन तयारी र राजनीतिक सहमतिका विषयमा संवाद भइरहेको सन्दर्भमा देउवाको यो अभिव्यक्तिलाई निर्वाचन केन्द्रित राजनीतिक गतिविधि तीव्र बन्दै गएको संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : २३ बजे